namaskaar
म राज श्रेष्ठ सबै भन्दा पहिला मेरो बारेमा थाहा पाउन यो पेज हेर्नु भएकोमा धेरै धेरै धन्यवाद मेरो जन्म २६ श्रावण मा कोशी अञ्चल भोजपुर जिल्ला दावा बजार मा भएको थियो । कृष्ण प्रसाद श्रेष्ठ र सानु श्रेष्ठ को कान्छा छोरा को रुपमा मेरो जन्म भएको हो । घर को कान्छा छोरा भएकोले अलिक बदमास खालको । मैले भने पछी हुनु पर्छ भन्ने खालको थिए मेरो परिवारले सधैं मेरो ईच्छा पुरा गर्नु भएको छ मेरो बुवा अदालतमा काम गर्नुहुने भएकोले मैले नेपालको धेरै स्थान घुम्ने मौका पाएको छु । सानै देखी जिद्दी भएको कारनले गर्दा आज सम्म पनि जिद्दी खाल्को नै छु। बाल्य काल दावामा नै बिते पनि ४६ साल पछी काठमाडौं आएर पढ्न थाले मैले एस एल सि बाल उध्यान स्कुल बाट पुरा गरे । त्यस पछी मेरो कलेज जीवन ट्री चन्द्र कलेज बाट सुरु भयो । २०५७ सालमा क्लास्सिक एफ एम बाट संचार क्षेत्रमा प्रबेश गरे । निकै रमाइलो लाग्यो मिडिया मा लाग्दा । त्यती बेला काठमाडौंमा जम्मा छ वटा मात्र एफ एम थियो छोटो समय मा नै श्रोता हरुले मेरो कार्यक्रम मन पराइ दिनुभयो । मेरो पहिलो पल्ट अन एअर भएको कार्यक्रम हिट द बिट थियो त्यो कार्यक्रम सुरु गर्दा मलाई निकै खुशी र डर लागेको थियो कार्यक्रम सकिदा म पसिनै पसिना भएको थिए आज पनि त्यो दिन सम्झदा डर लाग्छ । कार्यक्रम सुरु गरेको पहिलो हफ्तामा नै मैले दस वटा कार्यक्रम चलाऊनु परेको थियो । म यो क्षेत्र मा आउनमा क्लस्सिक् एफ एम का अध्यक्ष मन्जु कार्की लामिछानेको ठुलो हात छ। लगभग ४ बर्ष क्लासिक एफ एम काम गरे । क्लासिक मा काम गर्दा निकै रमाइलो हुन्थ्यो नयाँ काम भएकोले होला निकै रमाइलो लाग्यो रेडियोमा बोल्दा । जब म सुरु सुरु मा एफ एम मा बोल्न थाले त्यस बेला एफ एम को क्रेज निकै राम्रो थियो रेडियो मा बोल्ने मान्छेहरुलाई हेर्ने तरिका नै फरक थियो रेडियोबाट आफ्नो प्रोग्राम सकेर पुतलिसडक पुग्दा रेडियो सुन्ने श्रोता भेट्न लाइन लागेर बस्थे अब त त्यो सम्झदा पनि सपना जस्तो लाग्छ श्रोताले imagine गरेको जस्तो अनुहार नभएमा अचम्म मानेर फर्किन्थे एक पल्ट मलाई पनि त्यस्तै भएको थिओ एक जन श्रोता ले तपाईं राज श्रेष्ठ हुँदै होइन भनेर जिद्दी गरेको थियो पछी एफ एम कै साथीहरुले विश्वाश दिलाएकाथिए एक पल्ट भक्तपुरमा प्रोग्राम चलाऊन जादा त्यहाँ भेट्न आउनेको हुल नै थियो त्यो देखदा हाम्रो ग्रुप निकै खुशी भएका थियो एउटा प्रोग्राम को सिल्सिलामा हेटौंडा जादा पनि त्यस्तै भएको थियो । नेपाल टेलिभिजन को प्रोग्राम रोड शो पनि चलाऊने मौका पनि मैले पाएकोथिए त्यो चलाऊदा झनै रमाइलो भएको थियो नेपाली टेलिभिजन को ईतिहास को पहिलो गेम शो भएकोलेपनि दर्सक हरुको भिड निकै ठुलो हुन्थ्यो एती सम्मकी कहिले काही त shooting बाट पुलिस सिक्युरिटी दिनु पर्थ्यो ।त्यो प्रोग्राम थोरै समयमा पनि निकै दर्सकले रुचाय एही प्रोग्राम पछी मिडियामा मेरो आफ्नै पहिचान भयो आज पनि कतै जादा एही प्रोग्राम को नाम लिन्छन Radio मा बोल्दा कहिले काही धनेन्द्र सरको गाली पनि खानु पर्थ्यो तेही गालीको कारण ले गर्दा आज म यो स्थानमा छु । चार बर्ष क्लस्सिक् मा काम गरेपछी म sTar एफ एम मा काम गर्न सुरु गरे । Thanks.
my life
Hello world!
Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!
